back
NMB ad

कोरोना संकटको वीचमै पनि प्रभु बैंकले बढायो खुद नाफा : यस्तो छ बैंकको वित्तीय विवरण

Kumari bank ad

काठमाडौं । लकडाउनमै पनि प्रभु बैंक लिमिटेडले खुद नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ०.८२ प्रतिशतले बढेको देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैकले गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ७७ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ। यो अवधिमा बैंकको रिटेन अर्निङ ७९ करोड ८१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ९ करोड रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म ३ अर्ब ३७ करोड रुपैयाँ खूद ब्याज आम्दानी गरेको देखिएको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १८ अर्बरुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ८२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार १६.०३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म रिजर्भमा ३ अर्ब ९० करोड रुपैयाँ रहेकोमा आकार बढेर समीक्षा अवधिसम्म ४ अर्ब ५३ करोड रुपैयाँको उचाइमा पुगेको हो ।

बैंकको खराब कर्जाको अनुपात २.९५ प्रतिशत रहेको छ भने बेस रेट ८.९८ प्रतिशत रहेको छ। सीडी रेसियो भने ७३.७४ प्रतिशत कायम भएको छ। बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.८९ रुपैयाँ र पीई रेसियो ११.३१ गुणा रहेको छ ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार ०९:२८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...