काठमाडौं । ५० दिनपछि खुलेको शेयर कारोबार मंगलवार बजार खुलेको २ घण्टा मै बन्द भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार खुलेदेखिनै निरन्तर घटेका कारण बन्द भएको हो ।
शेयर बजार २ दशमलव ०२ प्रतिशतले घटेर आजको लागि बन्द भएको हो । ११ बजेबाट खुलेको बजार १२ः २३ मा २ प्रतिश भन्दा बढीले घटेर बन्द भएको हो ।
सो अवधिमा ८७ ओटा कम्पनीको रू. १० करोड ४३ लाख बरवरको शेयर खरीदविक्री भएको छ । सबैभन्दा बढी नागरीक लगानी कोषको शेयर प्रतिकित्ता रू. २ हजार ३६७ मा खरीदविक्री भएको हो ।
वि.सं.२०७७ वैशाख ३० मंगलवार १२:३३ मा प्रकाशित