मेगा बैंकले कमायो १ अर्ब ४५ करोड खुद नाफा, कस्तो छ अन्य वित्तीय अवस्था ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मेगा बैंकले १ अर्ब ४५ करोड १० लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षकोभन्दा १९.५०५ ले बढी हो ।

गत वर्ष बैंकले १ अर्ब २१ करोड ४२ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म यस बैंकको वितरण योग्य नाफा भने ४०.०८५ ले घटेर ४५ करोड ९८ लाख ४७ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष वितरण योग्य नाफा ७६ करोड ७४ लाख ९३ हजार रुपैयाँ रहेको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दनी १५.६४५ ले बढेर ३ अर्ब १८ करोड ३३ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

साथै, सञ्चालन नाफा पनि २१.७९५ ले बढेर २ अर्ब ७ करोड ७५ लाख ७७ हजार रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ १९ पैसा रहेको छ ।

२०७७ वैशाख ३० गते १४:४३ मा प्रकाशित

You can share this post!

लकडाउनमा थप कडाइ गर्न प्रधानमन्त्री ओलीको निर्देशन

लकडाउनमा थप कडाइ गर्न प्रधानमन्त्री ओलीको निर्देशन

Related posts