सिभिल बैंक र सेलपेबीच सहकार्य

काठमाडौं । सिभिल बैंक लिमिटेडले ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।

सहकार्य सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिल कुमार पोखरेल र सेलकम प्रालीका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।

सेलपे, सेलकमद्वारा संचालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो। जसले मोबाइल तथा वेभको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्छ ।

ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन्। यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउनरपाउन, बिमा रकम भुक्तानी, इएमआइ भुक्तानी गर्न सकिने छ।

सिभिल बैंकले ११३ शाखाहरु, २ एक्सटेन्सन काउन्टर र ८५ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउदैं आएको छ।

२०७७ वैशाख ३० गते १४:३० मा प्रकाशित

You can share this post!

टेलिकमको आम्दानी : ९ महिनामा २६ अर्ब ८३ करोड, यस्तो छ वित्तीय विवरण

लकडाउनमा थप कडाइ गर्न प्रधानमन्त्री ओलीको निर्देशन

Related posts