घर भाडामा बस्नेहरुलाई बिजुलीको महसुलमा छुट

काठमाडौं । सरकारले घर भाडामा बस्नेहरुलाई पनि बिजुलीको महसुलमा छुट दिन अध्ययन थालेको जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सरकारले अहिले दिएको २५ प्रतिशत महसुल छुट घरधनीले मात्रै पाएको र घर भाडामा बस्नेले नपाएको गुनासो सुनिएको भन्दै अब भाडामा बस्नेलाई छुट दिन अध्ययन थालेको बताउनुभयो ।

नेपाल आर्थिक पत्रकार समान (सेजन) ले गरेको भिडिओ कन्फ्रेन्समा मन्त्री पुनले भाडामा बस्ने विद्यार्थी र मजदुरले बिजुलीको शुल्क चर्को भएको गुनासो गरिरहेको, सरकारले दिएको छुट घरधनीले मात्रै उपयोग गरेको लगायतका गुनासो सुनिएको बताउनुभयो ।

अब घर भाडामा बस्नेलाई छुट्टै मिटर राख्न लगाएर या अन्य कुनै विधिमार्फत छुट दिन सकिने उहाँले बताउनुभयो ।

२०७७ वैशाख ३० गते १४:५० मा प्रकाशित

You can share this post!

मेगा बैंकले कमायो १ अर्ब ४५ करोड खुद नाफा, कस्तो छ अन्य वित्तीय अवस्था ?

एनआईसी एशिया बैंकको सबै परिसूचकहरू उत्साहजनक, यस्तो छ वित्तीय विवरण

Related posts