back
NMB ad

प्रदेश २ मा ९४ जनामा देखियो कोरोना पोजिटिभ

Kumari bank ad

जनकपुरधाम । प्रदेश-२ को सिरहा बाहेक सबै जिल्लामा कोरोना (कोभिड–१९) संक्रमित भेटिएको छ। धनुषा र महोत्तरी जिल्ला गरी चार जनाको कोरोना पोजिटिभ रिपोर्ट सार्वजनिक भएको छ ।

धनुषामा तीन र महोत्तरीमा एक गरी कुल चार जनाको कोरोना पोजिटिभ रिपोर्ट सार्वजनिक भएको हो। प्रदेश २ स्थित कोरोनाको इपिसेन्टर पर्सा ८२, बारा ३, रौतहट ३, सर्लाही १, महोत्तरी १, धनुषा ३, सप्तरीमा १ जनामा कोरोना संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश २ को ८ जिल्ला मध्ये सिरहा जिल्लामा हाल सम्म कोरोनाको केश फेला परेको छैन्।

मंगलबारसम्म झण्डै ४ हजार पिसिआर स्वायव संकलन गरिएका मध्ये प्रदेशमा ९४ जनामा पोजिटिभ देखिएको छ। संक्रमितहरुलाई जनकपुरधाम स्थित प्रादेशिक अस्पताल, बिरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताल, महोत्तरीको जलेश्वर अस्पताल बाराको कलैया अस्पतालमा संक्रमित राख्ने व्यवस्था गरिएको छ।

प्रदेशभर १७९ क्वारेन्टाइन सेन्टरमा ४ हजार १ सय ९८ बेड क्षमता छ। जसमा हाल १ हजार ४ सय ६८ जना क्वारेन्टाइनमा छन्। ४ हजार ५ सय २२ जना होम क्वारेन्टाइनमा छन्।

आइसोलेशन बेडमा जम्मा ४० जना छन्। प्रदेशभरि आइसोलेसन बेडको क्षमता ३०२ रहेको छ। (अन्नपूर्ण पोष्ट अनलाइनबाट)

वि.सं.२०७७ वैशाख ३१ बुधवार १४:४६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...