शिक्षक सेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले एक जरुरी सूचना निकालेको छ । आयोगको शिक्षकको कार्यसम्पदान मूल्याङ्कन सम्वन्धी सूचना निकालेको हो ।

आयोगले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुले कार्यसम्पदान मूल्याङ्कन फारम भर्ने सम्वन्धमा सूचना निकालेको हो ।लकडाउनका कारण विद्यालयहरु पूर्णरुमा बन्द भएकाले शिक्षककहरुको कार्यसम्पदान मूल्याङ्कन फारम भर्न, दर्ता गराउन तथा मूल्याङक्न गराउन नसकिएको तर्फ आयोगको ध्यानाकर्षण भएको छ ।

शिक्षक सेवा आयोगको नियामावली, २०५७ (संशोधनसहित) को नियम ३२ (३) को उपनियम ७ मा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक शत्र सुरु भएको ३० दिन भित्र कार्यसम्पादन मूल्याङ्कन फारम भरी सम्वन्धित विद्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।

तर, कोभिड–१९ का कारण भइरहेको लकडाउन खुला भई विद्यालयहरु संचालनमाच आउने समय एकिन भइनसकेकाले शैक्षिक वर्ष २०७६ को कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने, दर्ता गर्ने र मूल्याङ्कन गर्ने कार्यका लागि विद्यालयहरु नियमति संचालन भए पश्चात आयोगको अवधि सहित पुनः सूचना प्रकाशन गर्ने जनाइएको छ ।

हेर्नुहोस् सूचना :

२०७७ वैशाख ३१ गते १५:०३ मा प्रकाशित

You can share this post!

प्रदेश २ मा ९४ जनामा देखियो कोरोना पोजिटिभ

प्रदेश २ मा ९४ जनामा देखियो कोरोना पोजिटिभ

Related posts