back
NMB ad

कोरोना संक्रमितले थुकेपछि कर्मचारीको मृत्यु !

Kumari bank ad

एजेन्सी । आफूलाई कोभिड–१९ को संक्रमण रहेको बताउने एक व्यक्तिले थुकेपछि बेलायतको एक रेलवे टिकट अफिसरको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

लण्डनस्थित भिक्टोरिया स्टेसनमा कार्यरत ४७ वर्षीया बेली मुजिङ्गा र उनको सहकर्मीमाथि गत मार्चमा आक्रमण भएको थियो । उक्त घटनाको केही दिनमा नै दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

बेलायती प्रहरीका अनुसार उनीहरुमाथि थुक्ने मानिसको खोजी भइरहेको जनाइएको छ । गत मार्च २२ मा स्टेसनमा कार्यरत भएको बेला ती व्यक्ति मुजिङ्गा भएको ठाउँमा आएका थिए ।

उनका पति लुसाम्बा गोडे काटालेका अनुसार ती व्यक्तिले उनलाई ‘के गरिराखेको र यहाँ किन ?’ भनेर सोधेका थिए । ‘उनले म यहाँ काम गर्छु भन्ने जवाफ दिएपछि आफूलाई कोरोना संक्रमित बताउने ती व्यक्तिले उनीमाथि थुकेका थिए,’ उनले भने ।

गत अप्रिल २ मा उनलाई बारनेट अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखिएको ३ तीन दिनपछि उनको मृत्यु भयो । मुजिङ्गाकी ११ वर्षीया छोरी रहेकी छिन् । स्रोत: बीबीसी

वि.सं.२०७७ वैशाख ३१ बुधवार १५:३२ मा प्रकाशित

You can share this post!

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...