लकडाउनका बेला बलात्कृत भएका दुई किशोरीलाई नियम उल्लंघन गरेको आरोपमा जरिवाना

एजेन्सी । कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपबीच रुस लकडाउन गरिएको छ । लकडाउनको उल्लंघन गर्दै गत महिना रुसका दुई किशोरी राति घर बाहिर निस्किएका थिए । सोही क्रममा क्रास्नोयार्स्क भन्ने ठाउँमा ती दुई किशोरी बलात्कृत भएका थिए ।

१७ र १८ वर्षकी किशोरीहरु बलात्कृत हुनुका साथै उनीहरुको साथबाट गरगहना पनि लुटिएको थियो । किशोरीहरुले आफूहरु बलात्कृत भएको उजुरी गरेपछि रुसका प्रहरीले एक ५५ वर्षका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले ती पुरुषलाई कारवाही गर्ने बताइरहँदा पीडित किशोरीहरुलाई पनि प्रहरीले जरिवाना गरेको छ । लकडाउनको समयमा घर बाहिर निस्कने कार्य कानुनको उल्लंघन भएको भन्दै प्रहरीले दुवैलाई ३३–३३ पाउन्ड जरिवाना गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन ।

२०७७ वैशाख ३१ गते १६:१५ मा प्रकाशित

You can share this post!

पर्साका १८ जना कोरोना संक्रमित घरमै

पर्साका १८ जना कोरोना संक्रमित घरमै

Related posts