back
NMB ad

२७ वाणिज्य बैंकहरूले सार्वजनिक गरे वित्तीय विवरण, कुनको कति नाफा ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म वाणिज्य बैंकहरूको नाफामा खासै सुधार नभएको तथ्यांकले देखाएको छ । २७ वाणिज्य बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैतसम्म बैंकहरूले ४५ अर्ब २४ करोड रुपैयाँ नाफा गरेका छन ।

यो गत आवको सोही अवधिको तुलनामा १ दशमलव ३५ प्रतिशत मात्रै बढी हो । गत आवको यही अवधिसम्म ४४ अर्ब ६४ करोड रुपैयाँ आम्दानी गरेका थिए ।

२७ वाणिज्य बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैतसम्म बैंकहरूले ४५ अर्ब २४ करोड रुपैयाँ नाफा गरेका छन ।बैंकहरूको मुख्य व्यवसाय आम्दानी मानिने खुद ब्याज आम्दानीमा ३० प्रतिशतले कमी आएपछि नाफामा सुधार नभएको आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ  ।

बैंकहरूको आम्दानीका अन्य माध्यम शुल्कबाट हुने आय र अन्य सञ्चालन आम्दानी पनि घटेको छ । डलरको भाउमा भएको वृद्धिले भने बैंकहरूको विनिमयबाट हुने आम्दानी ६ प्रतिशतले बढेको छ । हाल प्रतिडलरको मूल्य १ सय २१ रुपैयाँ छ ।

पछिल्लो समय बैंकहरूमा बढेको प्रतिस्पर्धा र बन्दाबन्दीका कारण चैतको २० दिनमा उठ्ने शुल्कहरूका कारण पनि नाफा घटेको बैंकरहरूको भनाइ छ । ‘बैंकहरूको नाफा केही अघिदेखि नै सुस्तिन थालेको थियो, तीव्र प्रतिस्पर्धाका कारण बैंकहरूको अन्य आम्दानीको आधार शुल्क र कमिसन घटिरहेको थियो,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने ।

विदेशी मुद्राको कारोबारसमेत बन्दाबन्दीका कारण रोकिएकाले यसमा हुनेभन्दा कम दरमा मुनाफा भएको बैंकरहरू बताउँछन । यो अवधिमा बैंकहरूले ९८ अर्ब रुपैयाँ खुद ब्याज आम्दानीबाट कमाउँदा १७ अर्ब शुल्क तथा कमिसन, विदेशी मुद्रा विनिमयबाट ७ अर्ब र अन्य सञ्चालन आम्दानीबाट २ अर्ब २७ करोड कमाएका छन ।

कुनको बैंकको कति नाफा ?

वि.सं.२०७७ जेठ १ बिहीवार ०७:३७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...