शेयर बजार पुनः बन्द, अर्को निर्णय नभएसम्म नखुल्ने

काठमडौं । सरकारले एक तिहाइ कर्मचारी राखेर बैकिङ, बिमा र धितोपत्र बजार खोल्ने निर्णय गरेपछि आइतबारबाट सूचारु भएको शेयर बजार पुनः बन्द भएको छ ।

बिहीबार (जेठ १) देखि अर्को निर्णय नभएसम्मको लागि बन्द गर्ने निर्णय गरेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले बताउनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले लगानीकर्तालाई पासको व्यवस्था गर्न नसकेको र स्वास्थ्यको ख्याल गर्दै बजार बन्द गर्न लागेको ढुंगानाले बताउनुभयो ।

दुइदिनको कारोबारमा नेप्से सुचक करिब ५० अंकले घटेको छ । यता, लगानीकर्ताहरु लकडाउनको बीचमा शेयर बजार घटाउन खुलाएको भन्दै दुई दिनको कारोबार रद्द गर्न माग गरेका छन् । तर बोर्डले भने भइसकेको कारोबार रद्द नगर्ने जानकारी दिएको छ ।

२०७७ जेष्ठ १ गते १०:३१ मा प्रकाशित

You can share this post!

स्वास्थ्य मन्त्रालयले सच्यायो त्रुटि : नेपालमा २४५ जना मात्र संक्रमित

स्वास्थ्य मन्त्रालयले सच्यायो त्रुटि : नेपालमा २४५ जना मात्र संक्रमित

Related posts