back
NMB ad

काठमाडौं उपत्यकाभित्र दश हजारको कोरोना परीक्षण गर्ने, नमुना संकलन सुरु

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकामा दश हजारजनाको कोरोना परीक्षण गर्ने लक्ष्यअनुसार नमुना संकलन थालिएको छ । देशभरि कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा १० हजारको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको छ ।

उपत्यकामा राहत वितरण गर्ने स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार र सुरक्षाकर्मीलगायतको कोरोना परीक्षण गरिनेछ । सोहीअनुसार बिहीबार कालिमाटी तरकारी बजारमा कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ । कालिमाटीमा ६ सयजनाको कोरोना परीक्षण गर्न नमुना संकलन गरिएको हो ।

काठमाडौं महानगरपालिकाका– १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरका अनुसार दुई सयजनाको पिसिआर परीक्षणका लागि नमुना संकलन गरिएको र चार सयजनाको आरडिटी परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

होलसेल बजारलाई लक्षित गरी थोक बिक्रेता बढी व्यक्तिहरूको सम्पर्कमा रहनेहरूको पिसिआर र सवारीचालक तथा तरकारी ओसार्ने व्यक्तिहरूको आरडिटी परीक्षण गरिएको उनले जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जोखिममा परेका समूह निर्धारण गरी पहिलो चरणमा १० हजारको नमुना परीक्षण गर्ने बताए ।

पहिलो चरणमा विभिन्न अस्पतालमा कार्यरत चिकित्सक, सुरक्षाकर्मी, तरकारी व्यापारी र सञ्चारकर्मीहरूको परीक्षण गरिने उनले जानकारी दिए ।

बिहीबार कालिमाटी बजारसँगै टिचिङ अस्पतालमा कार्यरत चिकित्सकहरूको पनि नमुना संकलन गरिएको उनले जानकारी दिए । चार दिनभित्र १० हजारको नमुना परीक्षण गरी सक्ने तयारी सरकारले गरेको छ । पहिलो चरणको रिपोर्ट आएपछि दोस्रो चरणका कार्यक्रम सुरु हुनेछन् ।

वि.सं.२०७७ जेठ १ बिहीवार १५:०९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...