ऊर्जामा नयाँ योजना : बढी विद्युत् खपत गर्नेलाई कम महशुल

काठमाडौं । आज शुक्रबार सरकारले सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रममा बढी विद्युत् खपत गर्ने ग्राहकलाई कम विद्युत् महशुल लिने गरी नयाँ योजना ल्याउन लागिएको छ ।

अधिकांश पुरानै कार्यक्रमको निरन्तरता हुने नीति तथा कार्यक्रममा ग्राहस्थ वर्गका लागि बढी खपत गर्दा कम हुने नयाँ कार्यक्रम ल्याउन लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रवीणराज अर्यालका अनुसार, विद्युत् बढी खपत गर्नेलाई कम महशुल तिर्ने गरी नयाँ कार्यक्रम ल्याउन लागिएको छ ।

विद्युत् खपत बढाउका लागि विद्युतीय चुल्हो र सवारी साधनलाई प्रोत्साहन दिने कार्यक्रम पनि ल्याउन लागिएको छ । नीति तथा कार्यक्रममा एक प्रदेश एक ठूला आयोजना, दुई वर्षभित्र विद्युतीकरण गरिसक्ने, वितरण र प्रसारण लाइनको निर्माणलाई तीव्रता दिने तथा विद्युत् उत्पादन बढाउने लगायतका नीति आउनेछन् ।

२०७७ जेष्ठ २ गते ०७:०४ मा प्रकाशित

You can share this post!

को-को हुन् भर्खरै थपिएका नयाँ कोरोना संक्रमित ?

को-को हुन् भर्खरै थपिएका नयाँ कोरोना संक्रमित ?

Related posts