कोरोना नियन्त्रणमा अग्रमोर्चामा खटिएका नौजना सुरक्षाकर्मीमा संक्रमण

काठमाडौं । कोरोना नियन्त्रणमा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्न थालेको छ । अहिलेसम्म नौजनामा संक्रमण देखिएको छ ।

शनिबार तीनजना सुरक्षाकर्मीमा संक्रमण भेटिएको हो । महोत्तरीमा कार्यरत नेपाली सेनाका दुई कर्मचारीमा संक्रमण देखिएको हो । त्यस्तै, बारामा कार्यरत नेपाल प्रहरीका एकजनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीनरतीन, नेपाली सेनाका दुई तथा राष्ट्रिय अनुसन्धान विभागका एकजनामा संक्रमण पुष्टि भइसकेको छ । शनिबार संक्रमण पुष्टि भएकामध्ये एक मध्यपूर्वी पृतनामा कार्यरत उच्च सैनिक अधिकारी हुन् ।

२०७७ जेष्ठ ४ गते ०९:११ मा प्रकाशित

You can share this post!

लकडाउन अझै दुई हप्ता थप्ने तयारीमा भारत

लकडाउन अझै दुई हप्ता थप्ने तयारीमा भारत

Related posts