काठमाडौं । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवालाई तत्काल पक्राउ गरेर कारबाही गर्न सामाजिक विकास मन्त्रालयले माग गरेको छ ।
शुक्रबार हेटौँडाबाट काठमाडौ आउँदै गरेका बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई एक युवाले गाडीबाट झर्न लगाएर उहाँको झोला र गाडी जाँच गर्दै दुव्र्यहार गरेका थिए । त्यसको चौतर्फी विरोध भइरहेको छ ।
मन्त्रालयले भनेको छ, ‘सुरक्षा निकायकै उपस्थितिमा लकडाउनको पालना नगरी केही झुण्डले गाडी रोकी, झोला खानतलासी गर्ने र अभद्र गरेको र यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
वि.सं.२०७७ जेठ ४ आइतवार १२:२२ मा प्रकाशित