काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ , योसँगै नेपालमा मृतक संख्या दुई पुगेको छ ।
आज मात्रै बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टि भएको हो।
गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ जेठ ४ आइतवार १६:२० मा प्रकाशित