मन्त्रिपरिषदको निर्णय : जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने

काठमाडौं । जेठ २० गतेसम्म लम्ब्याउने सरकारले लकडाउन निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । नेपालमा कोरोनाको कारण दुई सङ्क्रमितको ज्यान गएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढिरहेकोले सङ्क्रमण रोक्न लकडाउनलाई निरन्तरता दिनुपर्ने समितिको सुझाव थियो ।

आइतबार नै बसेको समितिको बैठकले लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको हो ।

२०७७ जेष्ठ ४ गते २०:१५ मा प्रकाशित

You can share this post!

भारतमा लम्बियो लकडाउन, कर्फ्यु आदेश जारी !

को-को हुन् नेपालमा थपिएको नयाँ संक्रमित ?

Related posts