काठमाडौं । क्लासिक टेक प्रा. लि. ले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरेको जनाएको छ।
कोरोना संक्रमणको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि कोरोना बीमा गरिएको कम्पनीले जनाएको छ।
यस्तो परिस्थितिमा इन्टरनेट सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा पीपीई र सेफ्टी किट प्रयोग गर्न कम्पनीले आग्रह गरेको छ।
वि.सं.२०७७ जेठ ५ सोमवार ११:३७ मा प्रकाशित