back
NMB ad

यसरी देखिन्छ खुट्टाको औँलामा पनि कोरोनाको लक्षण

Kumari bank ad

एजेन्सी । जब ज्वरो, रुघाखोकीसँगै स्वासप्रश्वासमा अप्ठ्यारो भयो भने त्यो कोभिड १९ संक्रमणको लक्षण हुनसक्छ । यसले शरिरका विभिन्न अंगलाई असर पुर्याएको हुन्छ ।

यस संक्रमणले शरिरलाई सिथिल बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । र शरिरभित्र अंगहरु निस्क्रिय बन्न पुग्छन् ।केही बिरामीमा भने खुट्टाको औँला सुन्हिने समस्या देखापर्ने गरेको चिकित्सकहरुले अनुभव गरेका छन् । तर कतिपय बिरामी भने संक्रमित भएर पनि किन उनीहरमा लक्षण देखिँदैन भन्ने चाहिँ अझै अस्पष्टता छ ।

कसैमा यो संक्रमण मन्द गतिमा देखिन्छ भने केही गम्भीर अवस्थामा पुग्छन् । गत साता भारतको पब्लिक हेल्थ फाउन्डेशनका अध्यक्ष के श्रीनाथ रेड्डीले शरिरका विभिन्न अंगमा क्षति पुग्नुमा महामारी अप्रत्याशित हुनु एक कारण भएको बताएका थिए ।

चिकित्सकहरु अन्य भाइरसमा यस्तो तिव्र संक्रमण फैलने गुण नहुने बताउँछन् । साथै शरिरका विभिन्न अंगलाई एकैचोटि यसरी सिथिल बनाउने गुण पनि अन्य भाइरसमा नहुने उनीहरुको भनाइ छ ।

चिकित्सकहरु के भन्छन् भने ६० वर्ष भन्दा बढी उमेरका मानिस र दिर्गरोग लागेका बिरामीहरु कोभिड १९ संक्रमणको उच्च जोखिममा हुने गरेका छन् । यद्यपि, युवावस्था र किशोरावस्थाका मानिस पनि ठूलो संख्यामा संक्रमित छन् ।

गत अप्रिलमा केही अध्ययनले के देखाए भने, केही बिरामीमा भने अत्याधिक रुपमा ‘इम्युन सेल’ को उत्पादन पनि बढ्ने गरेको पाइएको थियो । जुन अस्वभाविक गति थियो । र हानिकारक पनि ।

यससँगै केही अन्तर्रा्ष्ट्रिय जर्नलमा प्रकाशित भएका लेख अनुसार छालामा पनि यसले प्रत्यक्ष असर देखाउने गरेको छ । ‘ब्रिटिश जर्नल अफ डर्मेटोलोजी’मा प्रकाशित लेखले यस्तै छालामा कोभिड १९ को असर बारे व्याख्या गरेको थियो ।

जहाँ पाँच अवस्थाका छालाको स्वरुपबारे चर्चा गरिएको थियो । यसवाहेक कतिपय अवस्थामा दुर्लभ किसिमका लक्षण समेत देखिने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

वि.सं.२०७७ जेठ ६ मंगलवार ०७:४७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...