काठमाडौं । गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको स्वास्थ्य स्थिति स्थिर रहेको परिवारका सदस्यले जनाएका छन्।
गुल्मी मदाने गाउँपालिका–६ निवासी उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा १ जेठबाट उपचार भइरहेको थियो ।२ जेठमा उनको स्वाब लिएर परीक्षण गर्दा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
(यसअघिको समाचारमा भुलबस उपचाररत बिरामीको मृत्यु भएको भनि समाचार प्रकाशित भएकोमा क्षमाप्रार्थी छौ :अर्थतन्त्र डटकम/ सम्पादक)
वि.सं.२०७७ जेठ ७ बुधवार १२:०३ मा प्रकाशित