back
NMB ad

नेपाल बैंकले घटायो ब्याजदर, कति छुट ?

Kumari bank ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले २०७६ चैत मसान्तसम्म लगानी भएका कर्जाहरुको प्रिमियममा २ प्रतिशत छुट दिने भएको छ ।

वैशाख १ गतेदेखि लागू हुने गरी हाइपोथिकेशन, अधिविकर्ष, चालू पुँजी, मार्जिन, डिमाण्ड, सुनचाँदी, हायर पर्चेज, व्यक्तिगत आदिको हकमा चैत मसान्तको आधारदर ७ दशमलव ८२ मा लगाइएको प्रिमियममा २ प्रतिशत विन्दुले छुट दिने व्यवस्था मिलाइएको बैंकले जानकारी गराएको हो ।

यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा २०७६ पौष मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकहरुले चौथो त्रैमासिकभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको ब्याजमा २ प्रतिशत विन्दुले छुट पाउनेछन्।

२०७७ वैशाखमा किस्ता तिरिसकेका ग्राहकहरुले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाबमिलान बैंकद्वारा गरिनेछ । यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकहरुले बैंकको आधारदरबराबरकै अर्थात् ७ दशमलव ८२ प्रतिशतकै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्न सक्नेछन् ।

बन्दाबन्दीको यस विषम परिस्थितिमा पनि नेपाल बैंक लिमिटेडद्वारा सम्भव भएसम्म न्यूनतम कर्मचारीहरुको उपस्थितिमा सुरक्षाका उपायहरु अवलम्बन गरी नगद कारोबार, चेक क्लियरिङलगायतका कारोबारहरु बिहान ११स्०० बजेदेखि अपराह्न २स्०० बजेसम्म सञ्चालन गर्दै आइरहेको छ ।

देशका कतिपय स्थानीय निकाय एवं जिल्ला प्रशासनद्वारा अनुरोधरनिर्देशन भई आएमा सोहीबमोजिम शाखाहरु आलोपालोमा सञ्चालन हुँदै आइरहेको र बैंकद्वारा डिजिटल बैंकिङको माध्यमबाट ग्राहकवर्गमा विभिन्न बैंकिङ सेवाहरु निःशुल्क उपलब्ध गराउँदै आएको समेत जनकारी गराइन्छ ।

विश्व महामारी कोरोनाको कारणले गत २०७६ चैत ११ गतेदेखि नेपाल सरकारले देशव्यापी बन्दाबन्दी लकडाउन गर्दै आइरहेको र सोको कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा मिति २०७७/०१/१६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रहरुबाहेक अन्य सबै कर्जाहरुको २०७६ चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत विन्दुले कम गरी २०७६/७७ को चौथो त्रैमासिक (२०७७ को वैशाख, ज्येष्ठ र असार)को ब्याज गणना गर्न निर्देशन भएबमोजिम यस नेपाल बैंक लिमिटेडद्वारा २०७७ वैशाख १ गतेदेखि लागू हुने गरी २०७६ चैतसम्म लगानी गरिएका कर्जाहरुमा चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशतले विन्दुले छुट दिने निर्णय गरेको बैंकले जानकारी दिएको हो।

वि.सं.२०७७ जेठ ७ बुधवार १५:०८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...