उच्चस्तरीय समितिको निर्णय : उडान र सीमानाका जेठ मसान्तसम्म बन्द

काठमाडौं । राष्ट्रिय–अन्तराष्ट्रिय व्यावसायिक उडान र सीमानाका जेठ मसान्तसम्म बन्द गरिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले व्यावसायिक उडान र सीमानाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको समिति सदस्य एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

यसअघि व्यावसायिक उडान र सीमानाका १८ जेठसम्म बन्द गरिएको थियो । सरकारले आगामी २० जेठसम्म देशव्यापी लकडाउन गर्ने निर्णय गरिसकेको छ ।

२०७७ जेष्ठ ७ गते १८:४३ मा प्रकाशित

You can share this post!

थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

Related posts