back
NMB ad

३२ जना कोरोना संक्रमित थपिए, हालसम्म संक्रमितको संख्या कति ?

Kumari bank ad

काठमाडौं । नेपालमा बुधबार ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालयले दिउँसोको नियमित प्रेस ब्रिफिङमा २५ संक्रमित थपिएको जानकारी दिएको थियो भने साँझ थप ७ जनामा संक्रमण देखिएपछि बुधबार देशभर कुल ३२ संक्रमित थपिएका हुन् ।

साँझ थपिएका संक्रमितको प्रदेश १ स्थित प्रयोगशाला र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण पुष्टि भएको हो । उनीहरू झापाका ५ जना, धनकुटा र धरानका १–१ जना भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

दिउँसो मन्त्रालयले जानकारी दिएका संक्रमितहरू कपिलवस्तुका १३, बाँकेका ६, धनकुटाका ५ र नवलपरासी पश्चिमका एक जना हुन्।धनकुटाका ५ जनामा भने मंगलबार साँझ नै संक्रमण पुष्टि भएको थियो। त्यसैको औपचारिक जानकारी मन्त्रालयले बुधबार गराएको हो।

योसँगै नेपालमा संक्रमित संख्या ४ सय ३४ पुगेको छ । जसमा दुई जनाको मृत्यु भएको छ भने ४५ जना निको भएका छन् ।

वि.सं.२०७७ जेठ ८ बिहीवार ०७:३३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...