भोलिदेखि सम्पूर्ण पसलहरु बन्द गर्न यस्तो आयो निर्देशन ! (सूचनासहित)

काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिकाको वडा नम्बर ९ र १० मा औषधीबाहेकका सम्पूर्ण पसलहरु बन्द गर्न निर्देशन दिइएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै नागर्जुनको वडा नम्बर ९ र १० उच्च जोखिममा भएको भन्दै वडा कार्यालयले बिहीबार एक सूचना जारी गर्दै औषधी पसलबाहेक फलफल, तरकारी खाद्यान्न, मासु पसलहरु शुक्रबार बिहान ९ बजेदेखि अको सूचना प्रकाशित नहुन्जेलसम्मका लागि बन्द गर्न निर्देशन दिइएको छ ।

यस सूचनालाई अवज्ञा गरी पसल खोलेको थाहा पाइएमा कानुन बमोजिम कडा कारबाही हुने व्यहोरासमेत जानकारी गराइएको छ ।

२०७७ जेष्ठ ८ गते २१:०१ मा प्रकाशित

You can share this post!

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५७

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५७

Related posts