काठमाडौं । आज (बिहीवार) २९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । विहान १७, अपरान्ह ९ र साँझ ३ गरी संक्रमिथ थपिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ४५७ पुगेको छ ।
आज समेत ३८ जिल्लामा कोरोना भाइरसको संक्रमित पत्ता लागेका छन् । आज सबैभन्दा बढी झापामा संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये २ महिला र २७ पुरुष छन् । अधिकांश संक्रमित युवा उमेर समूहका छन् ।
वि.सं.२०७७ जेठ ८ बिहीवार २१:१५ मा प्रकाशित