कोरोना कहर : आर्थिक नोक्सानको सामना गर्न सबै कर्मचारीको तलब काटिने, पेन्सनमा पनि कटौती !

एजेन्सी । इजिप्टको सरकारले कोरोना भाइरसविरुद्ध लड्न र यसका कारण भएको आर्थिक नोक्सानको सामना गर्नका लागि सबै कर्मचारीहरुको तलब काट्ने भएको छ ।

इजिप्ट सरकारका अनुसार अब त्यहाँ काम गर्ने हरेक व्यक्तिको आयमा १ प्रतिशत कटौती हुने भएको छ ।  वृद्धवृद्धाले पाउने गरेको पेन्सनमा आधा प्रतिशत कटौती हुने भएको छ ।

एक वर्षसम्म अब तलब कटौती हुने त्यहाँको सरकारले बताएको छ । तर, पर्यटन क्षेत्रमा काम गर्नेहरुको तलबमा चाहिँ कटौती नगरिने त्यहाँको सरकारको योजना छ ।

२०७७ जेष्ठ ९ गते १७:५१ मा प्रकाशित

You can share this post!

फेरि थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७

फेरि थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७

Related posts