भर्खरै फेरि थपिए नेपालमा कोरोनाका नयाँ संक्रमित, हालसम्म कति पुगे ?

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या अब ५ सय १६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका शुक्रबार साँझ ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार मकवानपुरकी ५४ वर्षकी महिला, भक्तपुरकी ४२ वर्षीया महिला, सप्तरीका ३५ वर्षका पुरुष र बारामा २२, २७, ३०, ३४, ३८, ४५ वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

नेपालमा अहिलेसम्म तीन जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।

२०७७ जेष्ठ ९ गते २०:२९ मा प्रकाशित

You can share this post!

यस्तो छ गृह मन्त्रालयले निकालेको सूचना !

यस्तो छ गृह मन्त्रालयले निकालेको सूचना !

Related posts