back
NMB ad

क्वारेन्टाइनमा बस्नेलाई भत्ता दिने निर्णय, दैनिक कति ?

Kumari bank ad

पश्चिम रुकुम । पश्चिम रुकुमको चौरजहारी नगरपालिकाले क्वारेटाइनमा बस्नेलाई दैनिक १ सय ७८ रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । यसअघि क्वारेन्टाइनमा बसेकालाई नगरपालिका आफैँले खाने व्यवस्था गर्दै आएकोमा, अब नगद भक्ता दिने निर्णय गरिएको हो ।

पछिल्लो समय भारत तथा अन्य ठाँउबाट नगरपालिका आउनेको संख्या बढ्दै गएपछि सो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अब भारत तथा अन्य ठाउँबाट आउनेहरूलाई १४ वटा वडाका क्वारेन्टाइनमा राखिने छ ।

त्यस्तैगरी दैनिक भक्तासहित क्वारेन्टाइनमा बसेका व्यक्तिहरूका लागि खाना पकाउने सामाग्रीको पनि व्यवस्था गरिने छ । क्वारेन्टाइनमा बस्दा आफूले खाने थाल, कचौरा, ग्लास र ओढ्ने–ओछ्याउने कपडा सम्बन्धित व्यक्तिले व्यवस्था गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

क्वारेन्टाइनमा नगरपालिकाले मास्क, स्यानिटाइजर, साबुन, खानेपानीका लागि ड्रम, फिल्टर र शौचालय सरसफाईका लागि आवश्यक सामाग्री पनि प्रदान गरेको छ । दाउराको समस्या हुने वडामा ग्यास र चुलाको समेत व्यवस्था गरिने नगरप्रमुख विशाल शर्माले जानकारी दिए ।

पश्चिम रुकुम, चौरजहारी नगरपालिकाबाट ३ हजार २ सय ४४ जना भारतका विभिन्न ठाउँमा मजदूरी गर्न गएका छन् । यति बेला उनीहरु घर फर्कन शुरु गरेको र शुक्रबार मात्र ३४ जना भित्रिएको नगरपालिकाले जनाएको छ ।

वि.सं.२०७७ जेठ १० शनिवार १७:४३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...