back
NMB ad

बजेट लेखनमा व्यस्त अर्थ मन्त्रालय : यी कर्मचारीले लेख्दैछन् बजेट !

Kumari bank ad

काठमाडौं । आगामी बिहीबार (जेठ १५) सरकारले आर्थिक वर्ष (२०७७/७८) को बजेट ल्याउँदैछ । बजेट लेखनमा अर्थ मन्त्रालय यतिबेला व्यस्त छ ।

तर अघिल्ला वर्षजस्तो मन्त्रालय वरपरका माहोलमा चहलपहल छैन । लकडाउनका कारण मन्त्रालयका कर्मचारी बाहेक बाहिरी मानिसको आवागमन शुन्य प्रायः छ । यस मानेमा पनि अर्थमा डिस्टर्ब छैन ।

बजेट लेखनमा अर्थ मन्त्रालय भित्रैका विभिन्न महाशाखाका प्रमुखको सक्रियता छ । उनीहरुले बजेट लेखनलाई तीब्रता दिएका छन् । बजेट लेखनमा बजेट महाशाखा, राजस्व महाशाखा, बजेट तथा कार्यक्रम महाशाखा, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा, अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख लगायत संलग्न छन् ।

बजेट लेखनमा अर्थमन्त्रीको सक्रियता त हुन्छ नै तर अहिले सरकारले आफ्नो प्रवक्तासमेत राखेकाले उनलाई दोहोरो जिम्मेवारी पुरा गर्नुपर्ने छ । यद्यपि बजेट लेखनमा मार्ग्निर्देशन भने उनले दिइरहेकै छन् ।

अर्थका एक अधिकारीका अनुसार बजेट लेखनको संयोजन श्रीकृष्ण नेपालले गरेका छन् । उनी अर्थ मन्त्रालयकै अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख पनि हुन् । बजेट लेखनमा अर्थ मन्त्रालयका सचिव द्वय शिशिर ढुंगाना र रामशरण पुडासैनी पनि छन् ।

ढुंगाना अर्थसचिव हुन् भने पुडासैनी राजस्व सचिव हुन् । उनीहरुले बजेट लेखनमा सल्लाहकारको भूमिका निभाइरहेका छन् । आन्तरिक राजस्व विभागबाट सरुवा भएर आएका यज्ञ प्रसाद ढुंगेल पनि बजेट लेखन टिममा छन् । उनी राजस्व व्यवस्थापन महाशाखाका प्रमुख हुन् ।

यस्तै बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनिराम शर्मा बजेट लेखनका सदस्य हुन् । यसअघि उनी ठुला करदाता कार्यालयमा थिए । आर्थिक नीति तथा विश्लेषण महाशाखा प्रमुख यमलाल भुषाल र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख झक्क प्रसाद आचार्य पनि बजेट लेखन टिममै छन् । आचार्य यसअघि मध्यस्तरीय करदाता कार्यालयमा थिए ।

यसैगरी राष्ट्र बैंकबाट काजमा अर्थमन्त्रालय तानिएका रामशरण खरेलले पनि बजेट लेखनलाई नजिकबाट नियालिरहेका छन् । यद्यपि, सो टिममा उनको नाम भने छैन ।

स्रोतको सकस
कोरोनाका कारण भएको लकडाउनले आर्थिक गतिविधि नहुँदा सरकारको राजस्व प्रभावित छ । यसले स्रोतमै सकस परेपछि आन्तरिक तथा बाह्य ऋण तथा अनुदान परिचालनमै सरकारले जोड दिइरहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।

अर्थमन्त्रीले विभिन्न दाताहरुसँग सहयोग समेत मागिरहेका छन् । उनले परम्परागत सहयोग नभइ नयाँ ढंगबाट सहयोग गर्न पनि यसअघि दातासँगको भिडियो कन्फेरेनसमै भनेका थिए ।

अर्थ समितिले १७ खर्बको हाराहारीमा बजेट ल्याउन सुझाव दिएको थियो । अर्थ मन्त्रालयले यस पटकको बजेट कोरोनाबाट क्षति भएको क्षेत्रको पुनरुत्थानमा केन्द्रित रहेर बनाइरहेको ती अधिकारीले बताए ।

उनले भने, ‘अहिले स्रोतमै समस्या परेको बेला कतिपय नराखी नहुने र कतिपयलाई निरन्ततार दिनुपर्ने कार्यक्रम छन् । त्यसबाहेक कोरोनाले गरेको क्षतिको पुनरुत्थान पनि गर्नु पर्नेनै छ । सानो आकारको बजेट भनेपनि केही बढ्लाकी भन्ने पनि देखिएको छ तर अन्तिममा केही कार्यक्रम काटिन पनि सक्छ । ’

जेठ २ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेकी छन् । यसले कृषि स्वास्थ्य र कोरोना प्रभावित अर्थतन्त्र पुर्नउत्थानमा जोड दिने भनेको छ ।

सरकारको नीति तथा कार्यक्रमलाई नै कार्यान्वयन गर्ने गरी बजेट आउने हो । तर नीति तथा कार्यक्रम नै लामो भएपछि कसलाई कार्यान्वयन गर्ने कसलाई नगर्ने चुनौती मन्त्रालयलाई थपिएको छ । (रातोपाटीबाट साभार)

वि.सं.२०७७ जेठ ११ आइतवार १३:५५ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...