काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीको संख्या ३५ पुगेको छ । आज (सोमबार) बिहान एकैपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमतिको संख्या ३५ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिका ३ का २७, ४१ र ३७ वर्षका पुरुष मा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।
यसअघि आइतबार पनि काठमाडौं सोह्रखुट्टेका ७९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
वि.सं.२०७७ जेठ १२ सोमवार १४:५० मा प्रकाशित