back
NMB ad

बढ्यो कोरोना त्रास : थपिए दुई दर्जन नयाँ संक्रमित

Kumari bank ad

बारा । बारामा सोमबार एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा त्रास फैलिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणकाअनुसार महागढीमाई नगरपालिकाका २१ जना, कोतबाली गाउँपालिकाका एक र जिल्ला प्रहरीका दुई प्रहरीमा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

महागढीमाई नगरपालिकाको ‘क्वारेन्टाइन’मा रहेका २१ जना व्यक्ति केही दिनअघि भारतबाट नेपाल आएका हुन् । उनीहरुलाई नेपाल प्रवेशसँगै क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरुलाई कलैया अस्पतालको ‘आइसोलेसन वार्ड’मा राख्ने तयारी भइरहेको बताइएको छ । एकैदिन २४ जनामा कोरोना देखिएपछि स्थानीय त्रसित बनेका छन् भने बजार पातलिएको छ । यसैगरी, कोहल्बी नगरपालिकाले सीमामा रोकिएका ३४ जनालाई उद्धार गरेर सोमबार क्वारेन्टाइनमा राखेको छ ।

वि.सं.२०७७ जेठ १२ सोमवार २०:१४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...