back
NMB ad

२० जेठपछि लकडाउनको स्वरूपमा परिमार्जन हुने

Kumari bank ad

काठमाडौं । देशमा पहिलो कोरोना संक्रमित देखिएको चार महिना (९ माघ) तथा लकडाउनको दुई महिना (११ चैतदेखि हालसम्म) पछि प्रधानमन्त्री केपी ओलीको कोरोना केन्द्रित सम्बोधन आएको छ ।

सोमबार राष्ट्रका नाममा ओलीले गरेको सम्बोधन सम्पूर्ण रूपमा कोरोना रोकथाम र नियन्त्रणमा सरकारी प्रयासबारे केन्द्रित छ । सम्बोधनमा प्रधानमन्त्रीले कोरोना समस्या लामो समयसम्म रहने भएकाले अब लकडाउनको स्वरूप बदल्ने संकेत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तनदेखि आगामी दिनमा गरिने कामका प्राथमिकताहरूको फेहरिस्त सार्वजनिक गर्नुभयो। पछिल्लोपटक २० जेठसम्म बढाइएको लकडाउनलाई निरन्तरता दिए पनि स्वरूपमा सामान्य परिमार्जन हुने उहाँको संकेत छ ।

संक्रमण अझै केही अवधि जारी रहने भन्दै प्रधानमन्त्री ओलीले समुदायमा संक्रमण थप विस्तार हुन नदिन आवश्यक सावधानीका साथ सरकारले केही नयाँ कदम चाल्ने तयारी गरिरहेको समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कुनै पनि विषयले कोरोनाविरुद्धको जारी ‘युद्ध’लाई कमजोर पार्न हुन्न भन्नेमा आफू स्पष्ट रहेको बताउनुभएको छ । मानिसका लागि जीवन पहिलो कुरा भएको भन्दै रोग वा भोक केहीबाट पनि देशवासीको जीवन जोखिममा पर्न नदिन सरकार हदैसम्म प्रयत्नशील रहने प्रधानमन्त्रीले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालीमा रहेको रोग प्रतिरोधात्मक क्षमता र अनुशासनले भाइरसविरुद्धको लडाइँ लम्बिने निश्चित भएपनि सहजै पराजित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

एउटा प्रयोगशालाबाट सुरु भएको परीक्षणको दायरालाई २० भन्दा बढी प्रयोगशालाबाट तीव्र बनाइएको भन्दै उहाँले यसबीचमै औषधि र स्वास्थ्य उपकरणको खरिदमा सिर्जना भएको अप्ठ्यारा हल भएको र विज्ञहरूको सल्लाहबमोजिम कम्तीमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजना रहेको सुनाउनुभयो ।

केन्द्रले प्रदेश र स्थानीय तहसँगका सहकार्य र साझेदारीलाई थप प्रभावकारी बनाएर होटेल र सार्वजनिक स्थलहरूलाई क्वारेन्टाइन बनाउने र महामारी फैलिएको स्थललाई सिल गरी परीक्षण तथा नियन्त्रणको कामलाई युद्धस्तरमा बढाइने जनाउनुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।

वि.सं.२०७७ जेठ १३ मंगलवार ०८:४६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...