काठमाडौं । नेपालमा मंगलबार एकैदिन १०१ जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मको सबभन्दा ठूलो वृद्धिदर हो । यसअघि एकैदिन सर्वाधिक ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो ।
तर हिजो १०१ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुगेका हो । एक सातामै संक्रमितको संख्या दोब्बर भएको छ । गत मंगलबारसम्म संक्रमित संख्या ३९० थियो ।
वि.सं.२०७७ जेठ १४ बुधवार ०८:३२ मा प्रकाशित