back
NMB ad

१७ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि, कालीमाटीका २३१ प्रहरीको रिपोर्ट आउन बाँकी

Kumari bank ad

काठमाडौं । फ्रन्टलाइनमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीमा समेत कोरोना संक्रमणको जोखिम देखिएको छ । शान्ति सुरक्षा लगायतका महत्त्वपूर्ण कार्यमा खटिने सुरक्षाकर्मीमाथि कोरोनाको संक्रमण देखिन थालेपछि जोखिम बढेको हो ।

सामूहिक रुपमा काम गर्ने सुरक्षा निकायकै व्यक्तिमाथि कोरोना देखिएपछि सम्भव भएसम्म उच्च स्वास्थ्य सतर्कता अपनाएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी निरज शाही बताउँछन् ।

बुधबार बिहानसम्म १७ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता शाहीका अनुसार हालसम्म बारामा ७, धनकुटामा २, काठमाडौंमा २, धनुषामा २, कपिलवस्तुमा २ र बाँकेमा १ र धनुषामा १ गरी १७ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसबाहेक कालीमाटीका २३१ प्रहरीको आरडीटी परीक्षणको नतिजा आउन बाँकी छ । प्रहरी पनि कोरोनाको जोखिममा रहेको बताउँदै प्रवक्ता शाहीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई अंगीकार गरेर कार्यक्षेत्रमा खटिएको बताए ।

यस्तै सशस्त्र प्रहरी बलका ४ जनामा हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएको डीआईजी प्रवीण श्रेष्ठले जानकारी दिए । -बाह्रखरीबाट

वि.सं.२०७७ जेठ १४ बुधवार १२:१० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...