काठमाडौं । कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई पाँच लाखसम्मको स्वास्थ्य बिमा गरिएको छ । स्वास्थ्यकर्मीको मनोबल वृद्धि गर्न अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत यस्तो व्यवस्था गर्नुभएको हो ।
कोरोना रोकथामका लागि उच्च प्राथमिकता दिई स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको बताउनुभयो । त्यसैगरी परीक्षणको दायरा बढाउने, क्वारेन्टाइन विस्तार गर्नेजस्ता कार्यका लागि पनि पर्याप्त बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
वि.सं.२०७७ जेठ १५ बिहीवार १६:१७ मा प्रकाशित