back
NMB ad

प्रतितोला २३ सय ३२ रुपैयाँले महंगियो सुन !

Kumari bank ad

काठमाडौं । सरकारले विहीबार घोषणा गरेको आर्थिक वर्ष ७७/७८ को बजेट पछि सुनको प्रतितोला मूल्यमा २३ सय ३२ रुपैयाँले भारथ थपिएको छ । कर वृद्धिपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब साढे २३ सय रुपैयाँ थपेर मात्रै नयाँ मूल्य तोक्न सकिने अवस्था भएको हो ।

यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको भन्सार महशुल बजेटपछि दुई हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ । एक तोला सुनमा ११.६६४ ग्राम सुन हुन्छ ।

यस्तै चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पुर्‍याइएको छ । साबिकको भन्सार महशुलमा सुनको प्रतितोला भन्सार महशुल ३१ प्रतिशतले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले बताए । यस्तै चाँदीको भन्सार महुशुल पनि १३ प्रतिशतले बढेको शाक्यको भनाइ छ ।

‘लकडाउन र अन्तराष्ट्रिय बजारमा बढेको मूल्यले शिथिल बनेको सुन चँँदी व्यवसायलाई सरकारले बजेट मार्फत आहात दिएको छ, अर्थमन्त्रालयसंग छलफल गछौँ,’ वरिष्ठ उपाध्यक्ष शाक्यले भने । एक तोला सुनमा झण्डै १० हजार रुपैयाँ भन्सार संसारमा कतै नभएको भन्दै उनले सरकारी कदमप्रति आपत्ति जनाए ।

दुई महिनादेखि बन्द रहेको सुन चाँदी व्यवसाय सरकारको कदमले थप धरासायी हुनसक्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । भन्सार बढाउँदा व्यवसायीभन्दा उपभोक्ताका बढी मार पर्ने विषय भएका बज्राचार्यको भनाइ छ ।

वि.सं.२०७७ जेठ १६ शुक्रवार १२:१४ मा प्रकाशित

You can share this post!

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...