back
NMB ad

रुकुम घटनाबारे अध्ययन गर्न गठित उच्चस्तरिय समिति जाजरकोटमा

Kumari bank ad

हेमन्त के. सी, जाजरकोट । रुकुम पश्चिम चौरजहारी नगरपालिका सोतीमा घटेको अमानवीय घटनाबारे अध्ययन गर्न गठित उच्चस्तरिय समितिले आफ्नो काम थालेको छ ।

घटनाबारे छानवीन गर्न सरकारले गठन गरेको उच्चस्तरिय समिति जाजरकोट पुगेको छ । समितिले शुक्रबारदेखि काम थालेको र शुक्रबार नै पीडित पक्षसँग भेटघाट गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

त्यस्तै उक्त छानविन समितिले भेरी नगरपालिका –४ का सन्जु भनिने सन्जिव बिकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको थियो ।

घटनाका विषयमा संसददेखि सडकसम्म चर्को दवाव भएपछि सरकारले गृहमन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो ।

दलिय युवा र गैरदलित युवती बीच प्रेम भएको र उक्त प्रेमलाई बिबाहमा परिणत गर्न पुगेका युवाहरुको समुह युवती पक्षका गाउँलेको आक्रमणमा परेको थियो ।  त्यसपछि सरकारले गठन गरेको उच्चस्तरिय समितिको टोली शुक्रबार जाजरकोट आइपुगेर अध्ययनको काम थालेको हो ।

उक्त घटनामा जाजरकोट भेरी नगरपालिका –४ का २१ वर्षीय नवराज विक, सन्जु विक ,गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको निधन भएको छ । उनीहरुको शव यस अघि नै फेला परिसकेको छ ।

भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन् । मृतकको शव हेरेर मात्र अनुसन्धान गर्न पीडित परिवारको माग अनुसार शव हेरेर अनुसन्धान थालिएको समितिका संयोजक जीतेन्द्र बस्नेतले बताए ।

शुक्रबार नै यस टोली रुकुम पश्चिम चौरजहारी नगरपालिका – ८ सोतीमा जाने प्रजिअ पन्तले जानकारी दिए ।  उच्चस्तरिय समितिमा गृहमन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत, एसएसपि जनक भट्राई, राष्ट्रिय अनुसन्धानका सह–अनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सहभागी छन् ।

यसैबीच उच्चस्तरिय समितिलाई शुक्रबार दलित अधिकारकर्मी संघ र संगठनले निष्पक्ष छानविन गर्न भन्दै ६ बुँदे माग ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती बिकले बताइन ।

वि.सं.२०७७ जेठ १६ शुक्रवार १३:०३ मा प्रकाशित

You can share this post!

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...