भक्तपुर । भक्तपुरको ठिमी वाहखा बजारमा एनआइसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ परेका छन् ।
मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का संजिव चित्रकारको घरमा रहेको एटीएम मेसिन फुटाउँदै गर्दा सिन्धुपाल्चोकको कदमवास घर बताउने सचिन तामाङलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।
उनले एटीएम मेसिनको बाहिरी कभर मात्रै फुटाएको र रकम लुट्न नपाउँदै पक्राउ गरिएको प्रहरी नायव उपरिक्ष दीपक गिरीले जानकारी दिनुभयो ।
वि.सं.२०७७ जेठ १७ शनिवार १०:०० मा प्रकाशित