back
NMB ad

रुसमा बन्यो कोरोना भाइरसको औषधी

Kumari bank ad

एजेन्सी । खुशीको खबर ! कोरोना भाइरसविरुद्धको औषधी बनेको छ । रुसले विकास गरेको औषधी अर्को महिनाबाट प्रयोगमा ल्याइने भएको छ ।

रुसी समाचार संस्था तासका कोभिड १९ को औषधी विकास भइसकेको छ । रुसले कोरोनाविरुद्व लड्न अविफाविर नाम गरेको ओषधी निर्माण गरेको हो । ११ जुन देखि औषधीको प्रयोग कोरोना संक्रमित व्यक्तिमाथि रुसी अस्पतालले गर्नेे रुसी पत्रिकामा उल्लेख गरिएको छ ।

औषधी निर्माण गर्ने कम्पनीले कोरोनाविरुद्वको औषधी निः शुल्क नबेच्ने जनाइएको छ । प्रयोग भने मेडिकल निगरानीमा गरिने जनाइएको छ । अविफाविर औषधीले रुसी स्वास्थ्य मन्त्रालययबाट स्वीकृत पाइसकेको छ ।

उक्त औषधीको करिब १८ नमुना तयार भई अस्पतालमा वितरण गर्न तयार रहेको छ । कम्पनीले प्रत्येक कहिना ६० हजार प्याक औषधी निर्माण गर्न सक्ने बताएको छ ।

विश्वभर कोरोना भाइरसविरुद्ध अनेकन औषधीको प्रयोग भइरहेको छ । तर, विश्व स्वास्थ्य संगठनले कुनैलाई पनि सदर गरेको छैन ।यसअघि अमेरिकाले रेमडेसिभिर र भारतले हाइड्रोक्सिक्लोरोकिन प्रयोगमा ल्याएका छन् ।

तर, डब्लुएचओले ती औषधीबाट नरारात्मक असर पर्ने भनेको थियो । रुसले प्रयोगमा ल्याउन लागेको औषधीबारे पनि कुनै प्रतिक्रिया आएको छैन । यसलाई डब्लुएचओले मान्यता दिने नदिने टुंगो लागेको छ ।

सँसारभर एक सयभन्दा बढी कम्पनि र प्रयोगशाला कम्पनिहरु कोरोना भाइरसविरुद्धको औषधी र खोप विकासमा सक्रिय छन् । तर, कसैले पनि सफलता हासिल गरिसकेका छैनन् । कम्पनिहरु औषधी र खोप विकासको क्रममा छन् ।

अमेरिका, चीन, भारत, अष्ट्रेलिया, इजरायल, जापान, थाइल्यान्ड, जर्मनी, बेलायतलगायका देशका कम्पनिहरु खोपको विकासमा सक्रिय भइरहेका छन् ।

वि.सं.२०७७ जेठ १८ आइतवार १४:५२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...