back
NMB ad

समाजसेवी गुरुङद्वारा ‘संस्कार समाज नेपाल’लाई ५ लाख सहयोग प्रदान

Kumari bank ad

काठमाडौं । समाजसेवी पशुपति गुरुङले स्व. आमा चिसकुमारी गुरुङको मृत्यु पछि गरिने काज किरिया खर्च वापत नगद रु ५ लाख समाजसेवाका लागि प्रदान गर्नुभएको छ ।

आमाको अन्तिम संस्कार आजको परिस्थितिले गर्दा ईक्षा अनुसार गर्न नसक्दा त्यसमा लाग्ने रकम समाजसेवाका लागि प्रदान गर्नुभएको हो ।  गुरुङले आफ्ना मातारपिताको समाजसेवाप्रतिको भावनाको कदर गर्दै आमाको सम्झनामा नगद रु ५ लाख आइतबार आफ्नै निवासमा आमाको पुण्य तिथीको अवसर पारेर संस्कार समाज नेपाललाई प्रदान गर्नुभएको छ ।

संस्कार समाज नेपाललाई अक्षयकोष स्थापनाका लागि प्रदान गरिएको उक्त रकमबाट वार्षिक आउने व्याजको रकम समाजसेवामा खर्च गरिने छ । साथै उक्त रकमबाट सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरु मध्येबाट एक जनालाई हरेक वर्ष प्रोत्साहत स्वरुप पुरस्कार प्रदान गरिनेछ ।

संस्कार समाज नेपालका अध्यक्ष समेत रहेकी समाजसेवी गुरुङसंग यस सम्बन्धमा जिज्ञासा गर्दा आफ्नो पारिवारिक पृष्ठभूमि समाजसेवी भएको बताउनुभयो । २००७ साल अघि नै कास्कीको घान्द्रुकमा सर्वसाधरणहरुले पढ्ने विद्यालय पु¥याउनका लागि पशुपति गुरुङका हजुरवुवाले ठूलो भूमिका निर्वाह गर्नु भएको बताउनुभयो ।

हजुरवुवाले स्थापना गर्नु भएको हालको श्री मेश्रम वराह उ.मा.वि.मा आफ्ना वुवाहरुले मिलेर विपन्न परिवारका लागि रु ५ लाखको अक्षयकोष स्थापना गर्नु भएको बताउदै गुरुङले गत वर्ष आफूले पनि रु ५ लाखको अक्षयकोष स्थापना गरिदिएको बताउनुभयो ।

यसरी समाजसेवामा हजुरवुवाकै समयदेखि क्रियाशील परिवारमा हुर्किएकी गुरुङ विगत तीन वर्षदेखि सक्रिय रुपमा समाजसेवामा लागि पर्नुभएको छ ।

संस्कार समाज नेपाल मार्फत ‘आचरण सुधारौं’ महाअभियान लिएर हिड्नु भएकी गुरुङ छोटो समयमा अभियानलाई देशव्यापी बनाउन सफलसमेत हुनुहुन्छ ।

वि.सं.२०७७ जेठ १८ आइतवार १५:३९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...