back
NMB ad

राष्ट्रपति ट्रम्प भूमिगत !

Kumari bank ad

एजेन्सी । कोरोना भाइरसको संकटका बीच वासिङटन, लस एन्जलस र ह्युस्टनसहित अमेरिकाका कम्तीमा ४० ठूला सहरमा हिंसा भडकिएपछि कर्फ्यु लगाइएको छ ।

६ दिनदेखि जारी नश्लभेद विरोधी प्रदर्शन हुँदै गर्दा हिंसा भड्किएको हो । मिनेपोलिसमा एक श्वेत प्रहरी अधिकारीले जर्ज फ्लायड नामका अश्वेत व्यक्तिको गर्धन घुँडाले थिचेको भिडियो भाइरल भएपछि अमेरिकीहरु आक्रोशित भएका हुन्। घटनाको केही मिनेटमै जर्ज फ्लायडको मृत्यु भएको थियो।

यसपछि लगातार हिंसा, आगजनी र लूटपाटका खबरहरु आइरहेका छन्। ह्वाइट हाउसबाहिर भएका प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि अश्रुग्यास प्रहार गरिएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार सुरक्षा अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही समयका लागि भूमिगत बंकरमा लगिएको थियो ।

उता, ट्रम्प प्रशासनले सडकमा उत्रेका मानिसहरुलाई घरेलु आतंकवादी भनिरहेको छ । भीड तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पेपर बुलेट्स प्रहार गरेको छ । कैयौं सहरमा प्रहरीका गाडीमा आगो लगाइएको छ र पसलहरुमा लुटपाट भएको छ ।

आपतकालीन अवस्था नियन्त्रणमा लिन सरकारले रिजर्भ मिलिटरी द नेसनल गार्डका पाँच हजार जवान वासिङटनसहित १५ राज्यमा परिचालन गरेको छ ।

अहिले अमेरिकी अर्थव्यवस्था कोरोनाका कारण संकटमा छ। यसैबीच जर्ज फ्लायडको मृत्युले अमेरिकामा नश्लीय अशान्ति फैलिएको छ। मानिस त्रासमा छन्। अनिश्चितता र आक्रोश छ।

यसरी भयो घटना

२५ मेमा एउटा ग्रोसरी स्टोरमा जर्ज फ्लायडले २० डलरको नक्कली नोट दिएको खबर पायो। प्रहरीले फ्लायडलाई पक्राउ गरेर जब गाडीमा राख्दै थियो, त्यसबेला उनी जमिनमा खस्न पुगे।

प्रहरीका अनुसार फ्लायडले प्रहरीलाई रोक्न प्रयास गरेकाले उनलाई हथकडी लगाउन परेको थियो। तर, भिडियोमा उनको प्रहरीसँग कसरी झडप भयो भन्ने देखिँदैन।

प्रहरी अधिकारी डेरेक चौविनको घुँडाले उनको गर्धनमा थिचेको र फ्लायडले ‘मैले सास फेर्न सकेको छैन, प्लिज मलाई नमार’ भनेको सुनिन्छ । लगत्तै फ्लायडलाई अस्पताल पुर्याइयो र उनलाई मृत घोषित गरियो। फ्लायडका परिवार र एक वकिलले उनको हत्या जानाजान गरिएको आरोप लगाएका छन्।

वि.सं.२०७७ जेठ १९ सोमवार १३:२६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...