फेरि थपिए कोरोनाका नयाँ संक्रमित, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

संक्रमितमध्ये पाल्पाका २, नवलपरासी (पश्चिम) का १, गुल्मीका १, कपिलवस्तुका ७ र रुपन्देहीका २ जनामा कारोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८११ पुगेको छ ।

यसअघि आजैको नियमित प्रेस ब्रिफिङमा पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले २ सय २६ जना नयाँ कोरोना संक्रमित भेटिएको जानकारी गराउनुभएको थियो । यसँगै एकैदिन २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२०७७ जेष्ठ १९ गते १८:३७ मा प्रकाशित

You can share this post!

खुकुलो बनाउँदै लकडाउन : अब सवारी साधन चल्न दिइने !

खुकुलो बनाउँदै लकडाउन : अब सवारी साधन चल्न दिइने !

Related posts