back
NMB ad

लकडाउनमा सुन पसल चोरी गर्ने तीन जना पक्राउ

Kumari bank ad

काठमाडौं । सुनचाँदी पसलमा चोरी गरेको आरोपमा काठमाण्डौबाट तीन जना पक्राउ परेका छन् । काठमाण्डौ महानगरपालिका सरकारीधाराको नोर सुन चाँदी पसलबाट झण्डै २ लाख २३ हजार ७ सय २० रुपैयाँ बराबरको सुन तथा चाँदीका गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाण्डौ गोंगबु बस्ने पोखरा अमरसिंङ चोकका मिलन तामाङ, काठमाण्डौ ठमेल बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका ४ का ३१ वर्षीय प्रेम तामाङ र भारत मोतिहारीका २५ वर्षीय ऋषिमुनि कुमार रहेका छन् ।

लकडाउनको मौका छोपर हुने चोरीका घटनाको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट मंगल सुत्र, चन्द्रमा हार, चाँदीको पाउजु सहित विभिन्न गरगहना बरामद गरेको प्रहरीले जनाएको छ ।उनीहरुमध्ये मिलन तामाङ चोरी कार्यमा संलग्न तथा प्रेम तामाङ र ऋषिमुनि कुमार चोरीको सामान खरिद गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको र उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

वि.सं.२०७७ जेठ २० मंगलवार ०८:५७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...