back
NMB ad

अब हरेक दिन बैंक तथा वित्तीय संस्था खुल्ने

Kumari bank ad

विराटनगर । विराटनगर महानगर क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्था अब हरेक दिन खुल्ने भएका छन् । यससम्बन्धी निर्णय मंगलबार भएको हो ।

विराटनगर महानगरको कोभिड १९ संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले हरेक दिन १० देखि दिउँसो २ बजेसम्म बैंकका सबै शाखा खोल्न दिने निर्णय भएको हो ।

यसअघि भने बैंकका शाखाहरूले एउटा खोल्दा अर्को बन्द गर्ने गरिएको छ । यसरी एउटै शाखा मात्र सञ्चालन हुँदा बैंकमा सेवाग्राहीको अति धेरै भिड हुने गरेको छ ।

विराटनगरमा बजार खुलाउन र दिनको २ बजेसम्म व्यापार तथा पसल सञ्चालन गर्न दिनका लागि प्रदेश १ र संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको विराटनगर महानगर विपत् व्यवस्थापन सम्पर्क व्यक्ति राजेन्द्र प्रधानले जानकारी दिए । उनले भने, “केही घण्टा बजार पनि खोल्ने विषयमा भएको अनुरोधलाई भने माथिल्ला दुई सरकारसँगको छलफलपछि मात्र कार्यान्वयन हुनछ ।” उनले क्षेत्राधिकारका कारण कतिपय निर्णय कार्यान्वयनका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गरिने बताए ।

हिजो मोरङ व्यापार संघमा भएको व्यवसायीहरूको छलफलमा दिनको चार घण्टा विराटनगर बजार स्वास्थ्य सतर्कता अपनाई र सामाजिक दूरी कायम गरी खोल्न दिनुपर्ने माग भएको थियो ।

महानगरका मेयर भीम पराजुलीको अध्यक्षतामा बसेको बैठकमा, उपमेयर इन्दिरा कार्की, प्रमुख जिल्ला अधिकारी मदनकुमार भुजेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्वराज अधिकारी, नेपाल रेडक्रस सोसाइटीका वरिष्ठ अधिकृत कुमार निरौला, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, नेकपा विराटनगर अध्यक्ष सागर थापा, नेपाली कांग्रेस विराटनगरका कार्यवाहक सभापति अरुण न्यौपाने, विराट व्यापार संघका अध्यक्ष सुजन थापा, नेपाल राष्ट्र बैंकका विराटनगर प्रमुख रोशनकुमार सिग्देललगायतको सहभागिता थियो ।-बाह्रखरीबाट

वि.सं.२०७७ जेठ २० मंगलवार १७:३७ मा प्रकाशित

You can share this post!

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...