back
NMB ad

४९ लघुवित्तको नाफा ३ अर्बभन्दा बढी : धेरै कमाउनेमा छिमेक लघुवित्त, कुनको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा वित्तीय विवरण प्रकाशित गर्ने ४९ ओटा लघुवित्त कम्पनीले कुल रू. ३ अर्ब ८५ करोड नाफा कमाएका छन् ।

यी कम्पनीहरूले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. ३ अर्ब ९७ करोड नाफा कमाएका थिए । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा ३ दशमलव १३ प्रतिशतले कमी आएको हो ।

नेप्सेमा ५० ओटा लघुवित्त कम्पनी सूचीकृत छन् । ५० ओटामध्ये एक नेपाल सेवा लघुवित्तले भने वित्तीय विवरण प्रकाशित गरेको छैन । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४९ ओटा कम्पनीमध्ये सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्थाले रू. ५९ करोड १८ लाख नाफा कमाएको छ ।

धेरै नाफा कमाउनेमा दोस्रो र तेस्रोमा क्रमशः निर्धन उत्थान लघुवित्तले रू. ४७ करोड ३२ लाख र साना किसान विकास लघुवित्तले रू. ४३ करोड ५० लाख कमाएका छन् ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४९ ओटामध्ये २२ ओटा कम्पनीको नाफा घटेको छ भने बाँकी कम्पनीको नाफा बढेको छ । सो अवधिमा सबैभन्दा बढी नाफा सपोर्ट माइक्रोफाइनान्सको नाफा २२० प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले रू. २० लाख ७० हजार नाफा कमाएकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. ६६ लाख २८ हजार नाफा कमाएको हो । आजको आर्थिक अभियान दैनिकमा समाचार प्रकाशित छ ।

कुनको कति ?

वि.सं.२०७७ जेठ २१ बुधवार ०७:३६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...