back
NMB ad

काठमाडौंमा पनि भोलिदेखि पसल तथा व्यवसाय खोल्ने निर्णय

Kumari bank ad

काठमाडौं । काठमाडौंका व्यवसायीहरुले भोलि (बिहीबार) देखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल/व्यवसाय खुला गर्ने निर्णय गरेको हो ।

महासंघका महासचिव अञ्जन शाक्यले बिहीबारदेखि बिहान ११ बजेसम्म पसलहरु खुला गर्ने निर्णय भएको जानकारी दिए । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने अपनाइने उनले बताए ।

लामो समयदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेका कारण पसल व्यवसाय खोल्न लागिएको उनले बताए । ‘हामीले कुनै रहरले नभई बाध्य भएर पसलहरु खुला गर्ने निर्णय गरेका हौं,’ शाक्यले भने, ‘व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका न्यूनतम मापदण्डको हामी पालना गर्छाैँ ।’

तर, सरकारले जेठ ३२ सम्म लकडाउन घोषणा गरेको छ नि ? भन्ने प्रश्नमा शाक्यले भने, ‘पसल व्यवसायहरु खुला गर्दा हामीलाई राज्यबाट बन्द गर्न दबाव आयो वा बल प्रयोग भएको खण्डमा हामीले राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलवभत्ताको जिम्मासमेत सरकारले नै लिनुपर्ने हुन्छ ।’

यसैबीच सरकारले लकडाउन खुकुलो बनाउने र मोडालिटी परिवर्तन गर्ने बताएसँगै मंगलबार र बुधबार राजधानीका सडकमा सवारी साधनहरु बाक्लै गुड्न थालिसकेका छन् । कतिपय ठाउँमा यातायात जामसमेत हुन थालेको छ । –अनलाइनखबरबाट

वि.सं.२०७७ जेठ २१ बुधवार १९:४९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...