back
NMB ad

बाग्लुङमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

Kumari bank ad

बागलुङ । बागलुङमा भारतबाट आएका थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा बडिगाड गाउँपालिकाका चार जना, निसीखोला गाउँपालिकाका तीन जना र गलकोट नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा बडिगाड गाउँपालिकाका १६, २०, २१ र २५ वर्षीय पुरुष, निसीखोला गाउँपालिकाका ३ वर्षीया बालिका, २२ र २९ वर्षीय पुरुष र गलकोट नगरपालिकाका २०, २२ र २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

केही दिन अगाडी तमानखोला गाउँपालिकाका ४ जना बडिगाड गाउँपालिकाका २ जना गरी ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरुलाई धौलागिरि अस्पताल बागलुङको आइशोलेसन कक्षमा राखिएको छ ।

योसँगै बागलुङमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ भने २ जना निको भएर घर फर्किएका छन् ।

वि.सं.२०७७ जेठ २२ बिहीवार ०९:०२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...