back
NMB ad

गृह मन्त्रालयले दियो यस्तो निर्देशन : ढुवानीमा अवरोध गर्नेलाई कडा कारवाही (विज्ञप्तिसहित)

Kumari bank ad

काठमाडौं । बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ ।

मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा ढुवानीमा सहज वातावरण सिर्जना गर्ने सरकारले निर्णय गरिसकेको अवस्थामा त्यसलाई अवरोध गर्नेलाई कारवाहीको दायरामा ल्याउने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी तरकारी, फलफूललगायत कुनै पनि आवश्यक वस्तुको उत्पादन, सङ्कलन, ढुवानी र बिक्री वितरण गर्ने कार्यमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नभएको जानकारी गराउँदै अवरोध गर्नेलाई कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराइ तरकारी, फलफूललगायत वस्तु उत्पादन, सङ्कलन, ढुवानी र बिक्री वितरण सहजीकरण भइरहेको हुँदा यस कार्यमा अवरोध सिर्जना गर्नु कानूनविपरीतको कार्य हुने र यस प्रकारका कार्य गर्ने जो–कोही पनि दण्ड सजायको भागीदार हुनुपर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले यस्ता प्रकारको कुनै पनि गतिविधिमा कुनै व्यक्ति र निकाय तथा सङ्घसंस्था सहभागी नहुनसमेत अनुरोध गरेको छ । गृहले कसैले यसको बर्खिलाप गरेमा प्रचलित कानूनबमोजिम कडा कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

वि.सं.२०७७ जेठ २३ शुक्रवार ११:२४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...