पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

हेटौँडा । शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए।

हेटौँडाबाट काठमाडौं जोड्ने छोटो दूरीको उक्त सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको समेत प्रहरीले जनाएको छ।

२०७७ जेष्ठ २४ गते ०८:४५ मा प्रकाशित

You can share this post!

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

Related posts