back
NMB ad

लकडाउन तत्काल नहटने : आर्थिक र औद्योगिक क्रियाकलाप खुकुलो गर्दै जाने

Kumari bank ad

काठमाडौं । सरकारले तत्कालका लागि लकडाउन यथावत् राखेर आर्थिक क्रियाकलापलाई चरणबद्ध रूपमा वृद्धि गर्दै लैजाने गरी तयारी थालेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बिस्तारै उद्योग व्यवसाय सञ्चालन गर्न दिने र लकडाउन तत्काल नै नहटाउने गरी मस्यौदा तयार पारेको छ ।

सो मस्यौदामाथि शनिबार समन्वय समितिमा छलफल भए पनि अन्तिम टुंगो लाग्न बाँकी छ । मस्यौदामा उद्योग व्यवसाय, बैंकिङ क्षेत्र, विकास निर्माणलगायतका काम क्रमशः चरणबद्ध रूपमा खुलाउँदै जाने प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समिति सचिव नारायणप्रसाद बिडारीले आर्थिक तथा औद्योगिक क्रियाकलाप बिस्तारै चरणबद्ध रूपमा सञ्चालन गर्नेबारे छलफल भएको र पुनः बैठक बसेर अन्तिम रूप दिने जानकारी दिएका छन् ।

सचिव बिडारीले बैंकिङ कारोबार, कृषिजन्य उद्योग व्यवसाय, अत्यावश्यक सेवाका क्षेत्रहरू, अस्पताल तथा प्रयोगशालालगायतका क्षेत्रहरूलाई क्रमशः सहजता दिलाउँदै चरणबद्ध रूपमा सञ्चालन गर्न सहजीकरण गर्नेबारे तयार भएको मस्यौदामा समिति बैठकमा छलफल भएको जनाए । -राजधानी दैनिकबाट

वि.सं.२०७७ जेठ २५ आइतवार ०८:०७ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...